एनआरएनए युकेको महासचिवमा लिम्बुको उमेद्वारी, बेलायतबासी नेपाली भन्छन उनकै छ पल्लाभारी



एनआरएनए यूकेको आगामी सेप्टेम्बर ९ मा हुने अधिवेसनका लागी अहिलेका प्रवक्ता खुशी लिम्बुले महासचिवमा उमेदवारी दिने घोषणा गरेका छन । प्रखर बक्ता र सबैलाई मिलाएर लैजान सक्ने क्षमताका धनी उनी नेपाली समुदाय बीच चर्चित पनि छन्।
उम्मेदवारी घोषणा गर्दै उनले भने -‘आफुले ब्यक्तिगत रुपमा महासचिवको उमेदवारी दिने र कुनै पनि गुट –उपगुट भन्दा माथि रहेर काम गर्ने समेत बताएका छन ।’

‘आगामी अगष्ट ७ सम्म सदस्यता लिने समय सीमाबीच खुसी लिम्बुले हाल सदस्यता नविकरण र नयाँ विस्तारको प्रचार प्रसार तीव्र बनाइरहेको बताए ।’ आफु महासचिव भएमा एनआरएनए यूकेलाई अरु उचाइमा लैजान सक्ने भन्दै उनले १२ बुंदे घोषणापत्र सार्वजनिक गरेका छन् ।

लिम्बुले नेपाल हाउस प्रोजेक्टको निरन्तरता, एनआरएनए यूके बर्ष अवार्डको स्थापना, यूकेमा क्षेत्रीय समितिहरुको गठन, दूतावाससंगको सहकार्यमा नेपाल र बेलायतबीच प्रत्यक्ष हवाई उडान सेवा पुनः संचालन जस्ता महत्त्वपूर्ण योजना पुरा गर्न आफु लागी पर्ने कुरा अघि सारेका छन् ।

लिम्बुले ब्यक्त गरेका प्रतिबद्दताहरु

१. अग्रजहरुले शुरुवात गरेको र वर्तमान कार्यसमितिले निश्चित उचाईंमा पुरयाएको बेलायतमा नेपाल हाउस परियोजनालाई आगामी दुई वर्षको कार्यकालमा एउटा तार्किक चरणसम्म पुरयाउनेछु ।

२. एनआरएनए यूकेलाई बेलायतका नेपालीहरुबीच बढि जिम्मेवारी बनाउन च्यारिटी र मानव कल्याणका कार्यहरुमध्ये न्यूनतम ४० प्रतिशत कामहरु बेलायतमुखी बनाउनेछु ।

३. प्रवक्ता हुंदा सम्हालेको प्रेस विभाग र च्यारिटी विभाग लगायत गैर आवासीय नेपाली संघ बेलायतका अन्य विभागहरुलाई बढि जिम्मेवार र सक्रिय बनाउनेछु ।

४. गैर आवासीय नेपाली संघ बेलायतमा युवा, महिला, गोर्खा र जनजाति लगायत विभिन्न समुदाय, उपसमुदाय, तह र तप्काका नेपालीहरुको एनआरएनए यूकेमा सहभागिता अभिवृद्धि गर्न विभिन्न विधामा एनआरएनए यूके बार्षीक अवार्ड स्थापना गर्नेछु र बितरण गर्नेछु।

५. वान एनसीसी वान प्रोजेक्ट लगायत संघले नेपालमा गर्दैआएको परोपकारी कार्यहरुलाई संस्थागत गरि निरन्तरता दिनेछु ।

६. सञ्चार माध्यमहरुलाई अरु उपयोगी र प्रभावकारी ढंगले सञ्चालन गर्नेछु साथै एनआरएनए यूकेको आन्तरिक ब्यवस्थापन चुस्त र स्फूर्त राख्नेछु ।

७. पहिलो बर्ष भित्रमै यूकेका विभिन्न स्थानमा क्षेत्रीय कमिटी गठन गर्नेछु ।

८. गैर आवासीय नेपालीहरुको लागि विभेदकारी नीति रहेको संविधानको धारा १४ र धारा २९१ संशोधनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु ल्याउनेछु ।
९. अनलाइन भोटिङ पद्धतिको विकास गरी आजसम्मकै अधिकतम संख्यामा पञ्जिकृत सदस्य संख्या विस्तार गर्नेछु । १०. आइसीसीले हालै शुरु गरेको केन्द्रीय सञ्चार प्रणालीलाई बढी उपयोगी र प्रभावकारी बनाउन सचिवालयसंग नजिकमा रहेर प्रत्यक्ष सहयोग पुरयाउने कार्यलाई निरन्तरता दिनेछु ।

११. नेपाल र बेलायतबीच प्रत्यक्ष हवाई उडान सेवा पुन संचालन गर्न नेपाली दूतावास लन्डनसंग मिलेर एनआरएनए यूकेको तर्फबाट विशेष पहल गर्नेछु ।

१२. एनआरएनए युरोपको २०१९ मा हुने १२ औं क्षेत्रीय बैठक बेलायतमा गर्नका निम्ति युरोपेली स्तरमा विशेष भूमिका खेल्नेछु ।

यी र यस्तै लक्ष्यका साथ बेलायतमा बसोबास गर्ने गैर(आवासीय नेपाली नागरीकहरुलाई सकेसम्म कम सदस्यता शुल्क चार्ज गरी सबैलाई समेट्ने लिम्बुको कार्ययोजना रहेको छ । यूकेमा बसोबास गर्ने सबै गैर(आवासीय नेपालीहरुलाई एनआरएनको सदस्य बनेर बिजयी गराइदिन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय