रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने



हाम्रो इकोनोमि

 

 

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई तीन घण्टा लाग्नसक्ने बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्यका लागि ३७० भन्दा धेरैको उम्मेदवारी परेको बताए । उनले भने, प्राविधिकहरूले मतदान छिटोभन्दा छिटो सुरु गर्नको लागि काम गरिराख्नुभएको छ, निर्वाचन आयोगले पनि आफ्नो काम गरिराखेको छ ।

उनले एक जनालाई करिब ७ देखि १० मिनेटसम्म लाग्ने अनुमान गरिएको बताए। मतदान सकिएको दुई घण्टाभित्र परिणाम आइसक्ने बताए । प्रतिनिधिको समस्या सञ्चालन गर्नको लागि तीन वटा डेस्क सञ्चालन गरिएको बताए । उनले आफूले गृहमन्त्री सुधन गुरुङलाई प्रस्तावक राखेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...