९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार



हाम्रो इकोनोमि

 

 

रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक भइसकेको बताए । उम्मेदवारमाथि दाबी विरोधका लागि ५ बजेसम्मको लागि समय दिएको उनले बताए। ६ः३० बजेसम्ममा अन्तिम नामावली सार्वजनिक गरेर ७ः३० बाट मतदान सुरु गरिसक्ने बताए । मतदान सुरु भएको ४ घण्टामा मतदान सकिने र सकिएको २ घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए । प्रारम्भिक नामावलीमा दाबीविरोधपश्चात आवश्यकताअनुसार परिमार्जन गरी फाइनल सूची प्रकाशन गरिने निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...