असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको छ । जेठ २८ गतेभित्र सदस्यता अद्यावधिक गर्न छुटेकाहरूले असार २० गतेसम्म गर्नसक्ने व्यवस्थासहित नयाँ सदस्यता व्यवस्थापन तालिका ल्याएको हो । सदस्यता अद्यावधिक गर्नको लागि भुवन ओझालाई सम्पर्क व्यक्ति ताकेको छ । नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण र अद्यावधिक, नयाँ क्रियाशील सदस्यता वितरण, १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यहरूको नवीकरण एवं अद्यावधिक, स्थानान्तरण भएको सदस्यहरूको अद्यावधिक गर्नको लागि २० गतेसम्म समय दिइएको छ ।

नेपाली जन सम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरणको लागि १० गतेसम्म र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको काम टुङ्ग्याउन २० गतेको लागि समय निर्धारण गरिएको छ । यी सबै कामको लागि सम्पर्क व्यक्ति समेत तोकेको नेपाली कांग्रेसले जनाएको छ । पूर्वसभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहले सदस्यता अद्यावधिक नगर्ने भन्दै पार्टीको निर्णयमा विमति राख्दै आइराखेका छन् । बाँकी रहेकाहरूको सदस्यता अद्यावधिक गर्ने लक्ष्यका साथ नयाँ कार्यतालिका ल्याएको हो । हिजो झापा पुगेका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले नचिन्ने प्रस्ट सन्देश दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...