असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको छ । जेठ २८ गतेभित्र सदस्यता अद्यावधिक गर्न छुटेकाहरूले असार २० गतेसम्म गर्नसक्ने व्यवस्थासहित नयाँ सदस्यता व्यवस्थापन तालिका ल्याएको हो । सदस्यता अद्यावधिक गर्नको लागि भुवन ओझालाई सम्पर्क व्यक्ति ताकेको छ । नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण र अद्यावधिक, नयाँ क्रियाशील सदस्यता वितरण, १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यहरूको नवीकरण एवं अद्यावधिक, स्थानान्तरण भएको सदस्यहरूको अद्यावधिक गर्नको लागि २० गतेसम्म समय दिइएको छ ।

नेपाली जन सम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरणको लागि १० गतेसम्म र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको काम टुङ्ग्याउन २० गतेको लागि समय निर्धारण गरिएको छ । यी सबै कामको लागि सम्पर्क व्यक्ति समेत तोकेको नेपाली कांग्रेसले जनाएको छ । पूर्वसभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहले सदस्यता अद्यावधिक नगर्ने भन्दै पार्टीको निर्णयमा विमति राख्दै आइराखेका छन् । बाँकी रहेकाहरूको सदस्यता अद्यावधिक गर्ने लक्ष्यका साथ नयाँ कार्यतालिका ल्याएको हो । हिजो झापा पुगेका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले नचिन्ने प्रस्ट सन्देश दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
देशभर भारी वर्षाको सम्भावना

    देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश...

एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...