लुटबहादुरले मेयरमा जित्दा,यी उपमेयर की उम्मेदवार जसले आफैलाइ भोट हलिनन्



हाम्रो इकोनोमि

स्थानीय तहको दोश्रो चरणको चुनाबको नतिजा आउने क्रम जारी छ। एकाध बाहेक अन्यत्रको सबै नतिजा आइसकेको छ। दोस्रो चरणकाको चुनावमा उठेका र जितेका केहीको नामले यतिबेला खुब चर्चा पाएको छ। त्यसरी चर्चा पाउने नामहरुमा लुटवहादुर रावत,जग्गाप्रसाद पाण्डे,पोतिलाल चौधरी,मालपानी घिमिरे,भूलिया राना,बिर्सना पौडेल छन्। लुटबहादुर कोहलपुर नगरपालिकाका मेयरका बिजयी उम्मेदवार हुन् ।

स्थानीय तहको दोस्रो चरणको मतदानमा आफैंलाई भोट नदिने उम्मेदवार पनि भेटिएका छन् । निर्वाचनमा उठेका अन्य उम्मेदवारले क्षेत्रभरीका मतदातालाई आफ्नो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । तर केही उम्मेदवारले भने आफैंलाई पनि भोट दिएनन् ।

आफैंलाई भोट नदिने उम्मेदवार हुन् इटहरी उपमहानगरपालिकाकी उपमेयर पदकी उम्मेदवार रुझा घिमिरे । चुरेभावर पार्टीकी उम्मेदवार घिमिरेको पक्षमा एक मत पनि नखसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको हो । घिमिरेलाई अरु मतदाताले त मत दिएनन् नै तर घिमिरे आफूले मात्र आफैंलाई मतदान गरेको भए उनको मत संख्या कम्तीमा एक हुन्थ्यो । तर उनको मतसंख्या शुन्य भयो ।

घिमिरेले आफैंलाई मत दिएको तर त्यो मत बदर भएको भन्ने अड्कल पनि काटिएको छ । यदि यसो भएको अनुमान गर्दा पनि उम्मेदवारको योग्यतामै प्रश्न उठेको छ । मतदान गर्ने सही तरिकासमेत नजान्ने उम्मेदवारले सिंगो नगरको व्यवस्थापनको जिम्मेवारी उठाउन सक्ने वा नसक्ने भन्ने विषयमा पनि बहस भएको छ । आफैलाई सहि तवरले मतदान नगरे पछि उनको खुब आलोचना भएको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...