चुनाबको मुखैमा,तीन दिनमा तीन लाखले किन राजधानी छाडे ?



हाम्रो इकोनोमि

काठमाडौं । १४ गते १, ५ र ७ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ ।दोश्रो चरणको चुनाबका लागि काठमाडौँ छोड्नेहरुको संख्या बढ्दै गएको छ ।विभिन्न जिल्लाबाट काम, अध्ययन तथा अन्य सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका करिब तीन लाखले स्थानीय तहको निर्वाचनका लागि राजधानी छाडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको तीन दिनयता ३१ हजार सवारीसाधन काठमाडौंबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । ती सवारीसाधनमा करिब ३लाख यात्रुले काठमाडौं छाडेको प्रहरीको तथ्यांक छ । हवाई मार्गबाट पनि उत्तिकै संख्यामा यात्रुले काठमाडौं छाडेको अनुमान छ ।

ट्राफिक प्रहरीका अनुसार १० गते १० हजार ५ सय सवारी साधनमा ८६ हजार ९ सय ३३ जना यात्रु बाहिरिएका छन् । त्यसैगरी आइतबार १० हजार १ सय सवारीसाधनमा ८७ हजार ३ सय ९९ जना यात्रु बाहिरिएका छन् भने आज ९सोमबार० बिहानसम्म १० हजार ५ सय ८० सवारीसाधनमा ७३ हजार ३ सय ३५ जना यात्रु राजधानीबाट बाहिरिएका छन् ।

केही दिनयता राजधानी बाहिर जानेहरुको संख्या उल्लेख्य बढ्न थालेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

असार १४ गते बुधबार प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ । ३५ जिल्लाका ३३४ स्थानीय तहमा दोस्रो चरणमा चुनाव हुन लागेको हो । यो निर्वाचनमा एक महानगर, ७ उपमहानगर, १०१ नगरपालिका, २१५ गाउँपालिकाका ६४ लाख ३२ हजार ७६५ मतदाताले भाग लिनेछन् । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...