चुनाबको मुखैमा,तीन दिनमा तीन लाखले किन राजधानी छाडे ?



काठमाडौं । १४ गते १, ५ र ७ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन हुँदैछ ।दोश्रो चरणको चुनाबका लागि काठमाडौँ छोड्नेहरुको संख्या बढ्दै गएको छ ।विभिन्न जिल्लाबाट काम, अध्ययन तथा अन्य सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका करिब तीन लाखले स्थानीय तहको निर्वाचनका लागि राजधानी छाडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको तीन दिनयता ३१ हजार सवारीसाधन काठमाडौंबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । ती सवारीसाधनमा करिब ३लाख यात्रुले काठमाडौं छाडेको प्रहरीको तथ्यांक छ । हवाई मार्गबाट पनि उत्तिकै संख्यामा यात्रुले काठमाडौं छाडेको अनुमान छ ।

ट्राफिक प्रहरीका अनुसार १० गते १० हजार ५ सय सवारी साधनमा ८६ हजार ९ सय ३३ जना यात्रु बाहिरिएका छन् । त्यसैगरी आइतबार १० हजार १ सय सवारीसाधनमा ८७ हजार ३ सय ९९ जना यात्रु बाहिरिएका छन् भने आज ९सोमबार० बिहानसम्म १० हजार ५ सय ८० सवारीसाधनमा ७३ हजार ३ सय ३५ जना यात्रु राजधानीबाट बाहिरिएका छन् ।

केही दिनयता राजधानी बाहिर जानेहरुको संख्या उल्लेख्य बढ्न थालेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

असार १४ गते बुधबार प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ । ३५ जिल्लाका ३३४ स्थानीय तहमा दोस्रो चरणमा चुनाव हुन लागेको हो । यो निर्वाचनमा एक महानगर, ७ उपमहानगर, १०१ नगरपालिका, २१५ गाउँपालिकाका ६४ लाख ३२ हजार ७६५ मतदाताले भाग लिनेछन् । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय