स्वास्थ्य

नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण

  नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले संक्रमण देखिएको पुष्टि गरेका छन् ।