जनताको सेवामा ब्यस्त छन् संसद आले



हाम्रो इकोनोमि

 

चुनाब जिते पश्चात कोहि पनि नेता जनताको दुख बुझिदिन्नन भन्ने गुनासो जनसमुदायको रहिआएको छ ।
हुन पनि अधिकांस जनप्रतिनिधिहरु जनताको दुख भन्दा सत्ताको खेलमै ध्यान दिइरहेका हुन्छन तर केहि यस्ता नेता तथा जनप्रतिनिधि पनि छन् जसले जनप्रतिनिधि हुनुको अर्थ बुझेका छन्, कुर्चीमा होइन जनतामा ध्यान दिइरहेका हुन्छन। उनै मध्ये एक हुन् सांसद प्रेम बहादुर आले मगर । उनीले एक असल नेता तथा जनप्रतिनिधिको लाज राख्ने काम गरिरहेका छन्। अरु नेता कुर्ची तथा सत्ताको खेलमा ब्यस्त भईरहेका बेला यता डोटीबाट निर्वाचित संघीय सांसद प्रेम बहादुर आले मगर जनताको सेवामा ब्यस्त छन् ।
कोरोना महामारीका विच द्रब्य अभावमा अस्पतालको बेडमा असहाय छटपटाइरहेका विरामी जनताको अभिभावक बनेका छन् सांसद आले
सांसद आलेले आर्थिक अभावमा उपचार गर्न समस्या भएका बिरामीहरुलाई सहयोग गर्दै उनिहरुको दुःखमा केही हदसम्म भएपनि मलम लगाउने काम गरिरहेका छन् ।
उहाँले आज डोटी जिल्लाका ४ जना विरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । बिहान १०ः३० बजे डोटीको के.आई.सिंह गाउँपालिकाका मस्तिष्क रोगबाट पीडित ८ बर्षीय प्रबिन जोशीलाई वीर अस्पतालमा भेटी नगद १० हजार आर्थिक सहयोग गर्नुभएको हो ।

त्यस्तै दिउँसो १२ बजे सुमेरु अस्पतालको ICU मा भर्ना भएका आदर्श गाउँपालिका ६ का वडा अध्यक्ष लाल बहादुर खडायतलाई नगद २५ हजार सहयोग भर्नुभएको छ ।
भारतमा मजदुरी गर्दै परिवार पालिरहेका डोटीको सायल गाउँपालिका वडा नम्बर ५ सुनिबाटाका ३५ बर्षीय खगी बिकको ढाड भाचिएर अस्पतालको बेडमा उपचारत छन । मजदुरी गदै आएका उनको उपचारमा समस्या भएपछि आज दिउँसो ४ बजे राष्ट्रिय ट्रमा सेन्टरमा भेटी नगद १५ हजार सहयोग गर्नु भएको हो ।
त्यस्तै आज साँझ ५ बजे आदर्श गाउपालिका ६ गिरिचौकाका दुबै मृगौला पीडित ३३ बर्षीय वीर बहादुर खडायतकी श्रीमतीलाई भेटी नगद १५ हजार सहयोग गर्नुभएको छ ।
नेकपाका केन्द्रिय सदस्य तथा डोटी जिल्ला इञ्चार्ज समेत रहेका सांसद आलेले आम डोटेली जनताको मन मनमा रहेकै कारण २ पटक चुनावबाट निर्वाचित भएका हुन । अन्य नेताको तुलनामा सांसद आले डोटी जिल्लामा सफल नेताको रुपमा परिचित रहेका छन ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...