जनताको सेवामा ब्यस्त छन् संसद आले



हाम्रो इकोनोमि

 

चुनाब जिते पश्चात कोहि पनि नेता जनताको दुख बुझिदिन्नन भन्ने गुनासो जनसमुदायको रहिआएको छ ।
हुन पनि अधिकांस जनप्रतिनिधिहरु जनताको दुख भन्दा सत्ताको खेलमै ध्यान दिइरहेका हुन्छन तर केहि यस्ता नेता तथा जनप्रतिनिधि पनि छन् जसले जनप्रतिनिधि हुनुको अर्थ बुझेका छन्, कुर्चीमा होइन जनतामा ध्यान दिइरहेका हुन्छन। उनै मध्ये एक हुन् सांसद प्रेम बहादुर आले मगर । उनीले एक असल नेता तथा जनप्रतिनिधिको लाज राख्ने काम गरिरहेका छन्। अरु नेता कुर्ची तथा सत्ताको खेलमा ब्यस्त भईरहेका बेला यता डोटीबाट निर्वाचित संघीय सांसद प्रेम बहादुर आले मगर जनताको सेवामा ब्यस्त छन् ।
कोरोना महामारीका विच द्रब्य अभावमा अस्पतालको बेडमा असहाय छटपटाइरहेका विरामी जनताको अभिभावक बनेका छन् सांसद आले
सांसद आलेले आर्थिक अभावमा उपचार गर्न समस्या भएका बिरामीहरुलाई सहयोग गर्दै उनिहरुको दुःखमा केही हदसम्म भएपनि मलम लगाउने काम गरिरहेका छन् ।
उहाँले आज डोटी जिल्लाका ४ जना विरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । बिहान १०ः३० बजे डोटीको के.आई.सिंह गाउँपालिकाका मस्तिष्क रोगबाट पीडित ८ बर्षीय प्रबिन जोशीलाई वीर अस्पतालमा भेटी नगद १० हजार आर्थिक सहयोग गर्नुभएको हो ।

त्यस्तै दिउँसो १२ बजे सुमेरु अस्पतालको ICU मा भर्ना भएका आदर्श गाउँपालिका ६ का वडा अध्यक्ष लाल बहादुर खडायतलाई नगद २५ हजार सहयोग भर्नुभएको छ ।
भारतमा मजदुरी गर्दै परिवार पालिरहेका डोटीको सायल गाउँपालिका वडा नम्बर ५ सुनिबाटाका ३५ बर्षीय खगी बिकको ढाड भाचिएर अस्पतालको बेडमा उपचारत छन । मजदुरी गदै आएका उनको उपचारमा समस्या भएपछि आज दिउँसो ४ बजे राष्ट्रिय ट्रमा सेन्टरमा भेटी नगद १५ हजार सहयोग गर्नु भएको हो ।
त्यस्तै आज साँझ ५ बजे आदर्श गाउपालिका ६ गिरिचौकाका दुबै मृगौला पीडित ३३ बर्षीय वीर बहादुर खडायतकी श्रीमतीलाई भेटी नगद १५ हजार सहयोग गर्नुभएको छ ।
नेकपाका केन्द्रिय सदस्य तथा डोटी जिल्ला इञ्चार्ज समेत रहेका सांसद आलेले आम डोटेली जनताको मन मनमा रहेकै कारण २ पटक चुनावबाट निर्वाचित भएका हुन । अन्य नेताको तुलनामा सांसद आले डोटी जिल्लामा सफल नेताको रुपमा परिचित रहेका छन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...