अस्पतालमा बिरामी भेट्दै सहयोग गर्दै सांसद आले



हाम्रो इकोनोमि

 

देशमा कोरोनाको कहर चलिरहेका बेला डोटीका प्रतिनिधि सभा सांसद प्रेम आले भने यस्तो समयमा पनि दिनभर विभिन्न अस्पतालहरुमा रहेका बिरामीहरुलाई भेटघाट तथा आर्थिक सहयोग गरिरहेका छन् ।

विहीबार बिहान वीर अस्पताल पुगेका सांसद आलेले केआइसिंह गाउँपालिका वडा नम्बर ३ डोटीका ८ वर्षीय बालक प्रविन जोशीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए र मतिष्क रोगबाट पीडित जोशीको उपचारका लागि बुवा भीमराज जोशीलाई १० हजार नगद सहयोग समेत गरे । डोटी सांसद आलेले गृहजिल्ला पनि हो ।

त्यस लगत्तै आले अपरान्ह १२ बजे ललितपुरमा रहेको सुमेरु अस्पताल पुगेर डोटीकै आदर्श गाउँपालिका वडा नं. ६ का अध्यक्ष लाल ब. कडायतलाई भेटी आर्थिक अवस्था कमजोर रहेका वडाध्यक्षलाई २५ हजार नगद सहयोग गरे ।

त्यसैगरी अपरान्ह ४ बजे सांसद आले भारतमा रोजगारीका क्रममा ढाड भाँचिएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका ३५ वर्षीया खगी बि. क. लाई भेटेर १५ हजार रुपैया नगद सहयोग प्रदान गरे । बिहिबार साँझ सांसद आलेले आदर्श गाउँपालिका ६ गिरिचौका घर भएका मृगौला पीडितकी श्रीमती राजमती देवी कडायतलाई भेटेर १५ हजार नगद सहयोग गरेर फर्किएका थिए ।

डोटी जिल्ला तथा सुदुर पश्चिमका जनता बिरामी परेपछि आफूले भ्याएसम्म सबै बिरामीलाई भेटेर आफुले सक्दो सहयोग गर्दै आईरहेको सांसद आलेले बुद्धटुडेलाई बताए । नेकपा डोटी जिल्लाका इञ्चार्जसमेत रहेका सांसद आलेले बिरामीलाई भेटेर सान्त्वना मात्रै दिँदा पनि उनीहरुलाई ठुलो राहत मिल्ने भन्दै आफूले सक्दो आर्थिक सहयोग पनि गर्ने गरेको जानकारी दिए । यतीमात्र हाृेईन यस पुर्वपनि सांसद अलेले विभिन्न दुःख पिडा तथा समस्यामा परेकालाई सहयोग गर्दै आईरहेका थिए ।

यतिधेरै सहयोगको श्रोत के हो ? भन्ने हाम्रो प्रश्नमा सांसद भएवापतको तलब भत्ता लगायतका स्रोतबाट प्राप्त रकमलाई जिल्लाबासीका समस्या समाधान तथा दुःख पिडामा परेकाहरुको सेवामा लगाउने गरेको उनले बुद्धटुडेलाई बताए।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...