स्वास्थ्य

विद्यालय , पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

  स्वास्थ्य मन्त्रालयले काेराेना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए ।