उपाध्यक्षको उपचारका लागि मन्त्री आलेको तीस हजार सहयोग



हाम्रो इकोनोमि

 

 

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले डोटीको पुर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु तीस हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । लामो समयदेखि पेटको समस्याले काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइ रहनु भएका उपाध्यक्ष साउदको उपचारमा सहयोग पु¥याउने उदेश्यले मन्त्री आलेले उक्त रकम प्रदान गर्नु भएको हो । साउदको नर्भिक अस्पतालमा पेटको शाल्यक्रिया गरिएको छ ।

मन्त्री आलेले आज शुक्रबार उक्त अस्पतालमै पुगेर उपाध्यक्ष साउदलाई आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी निुभयो । पछिल्लो समय बिरामीलाई आर्थिक सहयोग गर्ने सुदूरपश्चिम प्रदेशका एक मात्रै नेता तथा मन्त्रीका रुपमा चिनिदै चिनिदै आउनु भएको छ । मन्त्री आलेले अहिले सम्म देशै भरीका कम्तिमा पनि एक हजार भन्दा बढी नागरिकलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरी सक्नु भएको बताइएको छ । बिरामी भएर उपचारका लागि काठमाडौँ आउने अधिकाँस बिरामीहरु मन्त्री आलेलाई सहयोगका लागि आग्रह गर्ने गरेका छन् । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...