एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले पत्राचार गरेका छन् ।

महानगर क्षेत्रका विद्यालयहरूलाई गरिएको पत्राचारमा प्रमुख स्तरको बिहीबार गरिएको निर्णय अनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

महानगरले विद्यालयहरूमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने / सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु/गराउन हुन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...