नेकपा एसमा लफडा, मन्त्रीसहित १० सांसदको विद्रोह
नेकपा एकीकृत समाजवादीमा चारजना मन्त्रीसहितका १० जना सांसदहरूले विद्रोहको संकेत गरेका छन् । पार्टीको मन्त्री फेर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै उनीहरूले विद्रोहको संकेत गरेका हुन् । अध्यक्ष माधवकुमार नेपाललाई उनीहरूले संयुक्त हस्ताक्षर गर्दै ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।