नेकपा एसमा खटपट, माधव नेपालको अध्यक्ष पद धरापमा



हाम्रो इकोनोमि

 

 

मन्त्री हेरफेर गर्ने निर्णयले पार्टीमा खटपट बढिरहेको बेला नेकपा एसका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

नेपाललाई ध्यानाकर्षण बुझाउनेमा नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीसहित रहेको बताइएको छ । पार्टीले आफूहरूलाई मन्त्रीबाट फिर्ता गर्न गरेको निर्णयमा उनीहरूले ५ सर्त अघि सारेका थिए । त्यही असन्तुष्टिस्वरूप संसदीय दलको बैठक बोलाउन ध्यानाकर्षण गराइएको स्रोतले जनाएको छ । ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको बताइएको छ ।

संसदीय दलको बैठक माग गर्दै लिखित निवेदनमा दिनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरीमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ छन् ।

त्यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् । ध्यानाकर्षण पत्रमा मन्त्रीहरूलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै गुनासो गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...