धनकुटाका सबै स्थानीय तहमा एमाले विजयी
धनकुटा । जिल्लाका सबै स्थानीय तहमा नेकपा (एमाले) विजयी भएका छन् । धनकुटामा तीन नगर र चार गाउँपालिकाका गरी कुल सात स्थानीय तह रहेका छन् । तीमध्ये धनकुटा नगरपालिकाको प्रमुखमा चिन्तन तामाङले चार हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको