कारबाहीबाट रु तीन करोड ४९ लाख राजश्व संकलन



हाम्रो इकोनोमि

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले आर्थिक वर्ष २०७३-४-१ देखि २०७४-०३-३१ सम्मको एक वर्षको अवधिमा सवारी नियम उल्लंघन गरी सवारी साधन चलाउने साधनलाई कारबाही गरी रु तीन करोड ४९ लाख ४९ हजार ५०० राजश्व संकलन गरेको छ ।

सो अवधिमा ५० हजार ५९९ सवारी साधन कारबाहीमा परेका थिए । सो अवधिमा भएका ९९ वटा सवारी दुर्घटनामा ५८ जना मानिसको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालकको लापरबाही, तीव्रगतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन र चौपायको कारणले बढी दुर्घटना भएका थिए । दुर्घटना गराउनेमा ट्रक ट््यांकर २०, बस १२, कार-जिप २१, ट्र्याक्टर ६, मोटरसाइकल ७१ र अन्य ४ छन् ।

सवारी साधनको स्वरुपपरिवर्तन गर्ने ४१९, प्रेसर हर्न गरी सवारी चलाउने २१० र मादक पदार्थ सेवन गरी सवारी चलाउने १,६०६ सवारी साधन पनि कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...