बुधबारसम्म सरकार विस्तार गर्ने देउवाको तयारी



काठमाडौँ । लामो समयदेखी मन्त्रालयहरु नेतृत्व बिहिन भएपछि मन्त्रालयका कामहरु ठप्प रहेका छन् ।  अहिले आएर सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगरी बुधबारसम्म सरकार विस्तार गर्ने सहमति भएको छ । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक -दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको हो ।

कार्यदलमा सकारात्मक कुराकानी भएको कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले बताएका छन् । उनका अनुसार मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ ।

यहि विषयलाई तुङ्गो लगाउनको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले भेटेपछि बेलुका दुईदलीय कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । बैठकमा कांग्रेसबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सम्मिलित कार्यदलको बैठक सोमबार बेलुका झन्डै दुई घण्टा चलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री दाहाल ल्हासामा, कैलाश मानसरोवर भ्रमण गर्ने

    चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा

एमाले बागमती अधिवेशन- आज उम्मेदवारी दर्ता, भोलि मतदान

      नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

एमाले बागमती प्रदेश अधिवेशन निर्वाचन सुरु

  नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।