बेनी–जोमसोम सडक पहिरोको कारण रातको समय बन्द



हाम्रो इकोनोमि

म्याग्दी। पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठक र यातायात व्यवसायी समितिका प्रतिनिधिको सोमबार बसेको बैठकले गरेको निर्णय बिहीबारदेखि लागू हुने जनाइएको छ ।

यातायात व्यवसायीसँगको छलफलपछि साउन ५ देखि भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दानाखण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेलुकी ५:३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई साँझ ६ बजे भुरुङ तातोपानीमा रोकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।उनका अनुसार दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्नेछन् । मुस्ताङ जाने सवारीसाधन साँझ ५:३० बजेभित्र गलेश्वरबाट अगाडि र मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै भुरुङ तातोपानीबाट छुट्नुपर्नेछ ।

गलेश्वरदेखि दानासम्मको सडकमा पहिरो र ढुंगा खसिरहने हुँदा दुर्घटनाको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको प्रजिअ, राजुप्रसाद पौडेलले बताए। आपतकालीन अवस्थाबाहेकको समयमा निर्णय लागू हुने प्रशासनले जनाएको छ ।

केही दिनअघि गुडिरहेको गाडीमा सडकमाथिबाट ढुंगा खसेर चालकलाई चोट लागेको थियो । कालीगण्डकी नदीको किनारै किनार रहेको कच्ची सडकको अधिकांश भाग अक्करे भिरको फेदीमा पर्छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने यो सडक भएर स्थानीयवासीका साथै ठूलो संख्यामा तीर्थयात्री र पर्यटक ओहोरदोहोर गर्छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...