खराब मौसमका कारण बिमान दुर्घटना, कम्तिमा सयकाे मृत्यु
अल्जेरियामा एक सैन्य विमान दुर्घटना हुँदा कैँयौँ मानिसको मृत्यु भएको आशंका गरिएको छ। अल्जेरियाको सरकारी रेडियोले एक सयभन्दा बढी मानिस मारिएको बताएको समाचार संस्था एपीले जनाएको छ। अल्जेरियाको बुफारिक सैन्य शिविरबाट उड्नेबित्तिकै सो विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।