रवि लामिछाने आज रिहा हुँदै



हाम्रो इकोनोमि

 

 

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारागार प्रशासनले अहिले रविलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याएको छ । केहीबेरमा जहाजबाट उनी भैरहवा जाँदैछन् ।

जिल्ला अदालत रुपन्देहीमा पुगेर उनले छुटपुर्जी कागजात लिनुपर्नेछ । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो । बिहान को टिकट भए पनि भैरहवा एयरपोर्ट आसपास हुस्सु लागेका कारण उडान डिले भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले बताए ।

‘एयरपोर्ट खुलेको छैन, सभापति काठमाडौं एयरपोर्ट आएर बसेको धेरै समय भयो, हामी भैरहवा एयरपोर्टबाट सिधै अदालत जाने हो’ उनले भने । भैरहवा विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण विमान उडान भएका छैनन् । सूचना अधिकारी विनोदसिंह राउतका अनुसार भिजिबिलिटी खुल्क करिब २ घण्टा लाग्नेछ । रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरी पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...