दुवै आईजिपीले आजै कार्यभार सम्हाल्ने,फुली लगाउने साइत भोली बिहानलाई निस्कियो



हाम्रो इकोनोमि

नेपाल प्रहरी र सशस्त्र प्रहरीका बलमा नवनियुक्त आईजिपीले बुधबारदेखि नै कार्यभार सम्हाल्दैछन्। बुधबार नै दुवै संगठनका अवकाश पाउन लागेका आईजिपीको बिदाई हुँदै छ।

नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवहदका कारण अवकाश पाउन लागेका हुन्। उनीहरुलाई संगठनले बिदाई कार्यक्रम राखेको छ। उनीहरुको बिदाईपछि दुवै संगठनका नयाँ आईजिपीले कमाण्ड सम्हाल्ने छन्।

दुवै आईजिपीले फुली भने बिहिबार लगाउने छन्। गृह मन्त्रालयले बिहिबार बिहान फुली लगाउने कार्यक्रम राखेको छ। गृहसचिवले नवनियुक्त आईजिपीलाई फुली लगादिने प्रचलन छ।
नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआईजी, ९ जना डिआईजी र एक जना एसएसपीले अवकाश पाउँदैछन्। सबैलाई एकैपटक बिदाई गर्न लागिएको छ।

त्यस्तै सशस्त्र प्रहरीका आईजिपी श्रेष्ठसहित एआईजीद्वय प्रेमबहादुर शाही र प्रकाश ओझाले पनि बुधबारदेखि नै अवकाश पाउँदैनछ्न।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...