प्रचण्डले तीन ज्वाईलाई दिए यस्तो अवसर,कुन ज्वाई कुन मन्त्रीका पीए बने



हाम्रो इकोनोमि

सभामुख कृष्णबहादुर महराले मंगलबार (२७ चैत्र) मा आफ्नो प्रमुख स्वकीय सचिव अर्जुन केसीलाई बनाए। महराले प्रमुख स्वकीय सचिव (पिए) अरु कोही नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ हुन्।

सभामुख महराको प्रमुख स्वकीय सचिव बनाइएका केसी यसअघि अध्यक्ष प्रचण्डकै स्वकीय सचिव बन्ने चर्चा थियो। तर, आफ्नै ज्वाइँलाई स्वकीय सचिव बनाइँदा राम्रो सन्देश नजाने भएपनि उनको व्यवस्थापन सभामुख महराको प्रमुख स्वकीय सचिव बनाएर गरियो।

केसी प्रचण्डकी जेठी छोरी स्व ज्ञानु दाहालका श्रीमान हुन्। चार बर्षअघि स्तन क्यान्सरबाट ज्ञानुको निधन भएपनि दोस्रो विहे नगरी बसेका उनी प्रचण्डका तीन ज्वाइँ मध्ये सबैभन्दा सरल र भलाद्मी मानिने भएपनि कुनै महत्वपूर्ण राजनीतिक जिम्मेवारी पाएका थिएनन्।

जेठा ज्वाइँ सागरमात्र होइन, माहिला ज्वाइँ अर्जुन पाठकको व्यवस्थापनपनि यसअघि माओवादीका एक मन्त्रीको स्वकीय सचिव बनाएर गरिएको थियो। केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा पाठकलाई आपूर्ति मन्त्री गणेशमान पुनको स्वकीय सचिव बनाइएको थियो।

पाठक भरतपुर महानगरपालिकाकी मेयर रेण दाहालका पति हुन्। पाठकलाई औपचारिक नियुक्ति नदिइएपनि उनले पत्नी एबं महानगरप्रमुख दाहालकै स्वकीय सचिवको जस्तै भूमिका निर्वाह गरिरहेका छन्। तीन ज्वाइँमध्ये पाठक अलिक राजनीतिक मानिन्छन्।

कान्छी छोरी गंगा दाहालका पति जीवन आचार्य अघोषित रुपमा खानेपानी मन्त्री बिना मगरको पिएकै भूमिकामा छन्। कांग्रेस पृष्ठभूमिका भएपनि प्रचण्डकी कान्छी छोरीसँग विहे गरेपछि धेरै अवसर उनैले पाएका छन्। गत निर्वाचनमा उनी मोरङबाट प्रदेश सभाका प्रतिस्पर्धी थिए।

औपचारिक रुपमा नै पिएको रुपमा नियुक्ति गर्दा नातावादको आरोप लाग्ने भएका कारण प्रचण्डका कान्छा ज्वाइँ आचार्यलाई अघोषित रुपमा मन्त्री मगरको पिएको जिम्मेवारी दिइएको हो। तस्बिरमा बायाँबाट क्रमशः अर्जुन पाठक, जीवन आचार्य र सागर केसी

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...