देउवा सरकारले गरेका सबै नियुक्ति र निर्णय खारेज गर्दै ओली सरकार



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्नुपर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको थियो ।वाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भएबमोजिमको सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।उक्त कार्यदलले आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्याएको बताइएको छ । प्रतिवेदनमा यसअघिको सरकारले गरेका नियुक्ति र निर्णय खारेज गर्न सुझाब दिएको स्रोतको दाबी छ ।

भूकम्प पीडितलाई घर बनाउन थप एक लाख रुपैयाँ दिने, ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने र दीर्घ रोगीलाई मासिन भत्ता दिने निर्णयसमेत खारेज गर्न कार्यदलले सुझाब दिन लागेको बताइएको हो ।त्यसैगरी शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण नियुक्तिहरुसमेत बदर गर्न कार्यदलले सुझाब दिने भएको छ । विभिन्न निकायदेखि प्रदेश प्रमुखको नियुक्तिसम्म खारेज गरेर नयाँ नियुक्ति गर्न गौतम नेतृत्वको कार्यदलले सुझाब दिन लागेको हो ।

काठमाडौंमा भेटियो नक्कली प्रमाणपत्र बनाउने कारखाना

नेपालटार स्थित एक घरमा नक्कली सर्टीफकेट (प्रमाणपत्र) र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना नै भेटिएको छ । उक्त कारखानबाट नेपाल प्रहरीले दिने चालचलन रिपोर्ट सहित एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका निमित्त प्रमुख (एसपी) उमाशंकर पंजियारले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा रहेका छन् ।
पोल्याण्ड जानका लागि पाँच हजारमा एसएलसीको सर्टिफिकेट किनेका खुमानसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा नेपालटारमा नक्कली कागजात बनाउने कारखान नै फेला परेको एसपी पंजियारले बताएका छन् ।
खुमानसिंहले त्रिपुरेश्वर स्थित कन्सुलर विभागमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा उनले बुझाएको एसएलसीको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा थापालाई अर्जुन अधिकारीले नक्कली सर्टिफिकेट बनाउन सहयोग गरेका थिए । तिनै अर्जुनमार्फत बल बहादुर राउतले विगत चार बर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर विक्री गर्ने गरेका थिए ।
‘बल बहादुर राउतले ४ बर्षदेखी आफ्नै कोठामा नक्कली कागजात बनाएर विक्री गर्ने गरेको देखिन्छ’ एसपी पंजियारले भने, ‘उनले बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, नाता प्रमाणित तथा प्रहरी रिपोर्ट समेत नक्कली बनाउने गरेको देखिन्छ ।’
ट्रान्सक्रिप्ट र सवारीचालक अनुमतिपत्रमा प्रयोग हुने होलोग्राम राउतले भारतबाट ल्याउने गरेको पाइएको छ । राउतले अहिलेसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाईसेन्स र १५० थान प्रहरी रिपोर्ट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राउतले १ हजार पाँच सय देखी ५ हजार मुल्यमा विक्री गर्ने नक्कली कागजात बिचौलियाको रुपमा देखिएका अर्जुन अधिकारीले चार लाखसम्ममा विक्री गर्ने गरेको बताइएको छ ।
प्रहरीले राउतको कोठाबाट ठुलो संख्यामा होलोग्राम, छाप, कम्युटर लगायतका नक्कली कागजात बनाउने सामग्रिहरु बरामद गरेको छ । उनिहरुमाथी सरकारी छाप दस्तखत मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिने महाशाखाका निमित्त प्रमुख पंजियारले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...