ओली र प्रचण्ड नै पार्टी एकता नगर्ने मूडमा,दुबैले लिए यस्तो अडान,एकता टार्ने यस्तो छ खेल



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लाग्ने संकेत देखिएको छ । एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा प्रतिनिधित्व गर्ने संख्यामा सहमति जट्न नसक्दा एकता प्रक्रियामा ‘ब्रेक’ लाग्ने संकेत देखिएको हो ।

प्रधानमनत्री एवं एमाले अधयक्ष केपी ओलीको भरत भ्रमण अगावै गर्ने भनिएको पार्टी एकता संख्या र चिन्हमा सहमति जुट्न नसक्दा स्थगित भएको थियो । एकता प्रक्रियामा बिमति रहेका विषयमा ओली भारतबाट फर्किएको तीन दिन बित्दासमेत कुनै छलफल हुन सकेको छैन ।

यसअघि निरन्तर संवादमा रहने ओली–प्रचण्डबीच समेत पार्टी एकताका विषयमा छलफल नभएको प्रचण्ड निकट एक माओवादी नेताले जानकारी दिए । उनका अनुसार संख्या र चिन्हका विषयमा दुवै पार्टी आ–आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ।

दुई पार्टी सम्मिलित दुई कार्यदलले एकता प्रक्रिया सहज बनाउन भन्दै विवादित केही विषयालई थाती राखेर मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा चैत २० मा पेस गरे । चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति नजुटेपछि नमिलेका विषयमा ओली–प्रचण्बीको छलफलबाट टुंग्याउने सहमति भएपनि उनीहरुबीच पछिल्लो समय संवाद हुन नसकेको माओवादी नेताले बताए ।

दुवै दल तलमाथि गर्ने अवस्थामा नभएकाले बुधबार(आज)का लागि डाकिएको बैठकमासमेत सहमति जुट्ने समभावना कम रहेको माओवादी नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...