सरकारको अनुमतिबिनै अमेरिकी राजदूतले सुरु गरे ‘गफगाफ’
सरकारको असहमति र विवादका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् । बेरीले गत सोमबार सामाजिक सञ्जालमा जोडिएका नेपाली नागरिकसँग कुराकानी गर्ने भन्दै ‘राजदूतसँग गफगाफ’कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।