सरकार परिवर्तन नभए पार्टी फुटाउँने वामदेवको चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने बताएका छन् ।

 

प्रेस संगठन, प्यूठानले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्दैन ।’

 

सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । प्रचण्डको यस्तो भनाइपछि नेकपामा बहस सुरु भएको छ । यसबारे शीर्ष नेताहरुको धारणा आउन बाँकी रहेका गौतमले मुख खोल्दै प्रचण्डको समर्थन गरेपछि याे बहस थप चर्कने स‌ँकेत देखिएकाे छ ।

 

नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ गरेका छन् । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी पनि गरे । वैदेशिक ऋण बढी भयो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘ऋण लिनै पर्छ । विकासका लागि विकसित देशहरुले पनि लिएका छन् ।’

 

स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा गौतमले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । ‘सिष्टममा केही अफ्ठ्यारा छन्, अब सफ्टवयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ’, नेता गौतमले भने ।

 

मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैर कानुनी काम झनै बढेको उनको दाबी छ ।

 

पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गरे । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसबारे बोल्दै उनले असल प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...