धुर्मुस-सन्तुलीले रंगशाला निर्माणको काम रोके, बार भत्काउने कँडेल पक्राउ



हाम्रो इकोनोमि

 

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकिएको छ । धुमुस सन्तुली फाउन्डेशनले सुरक्षाको कारण देखाउँदै रंगशाला निर्माणको काम रोकेको जानकारी दिएका छन् ।

 

बुधवार नेकपाका स्थानीय नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलका विश्वास पात्र प्रकाश कँडेलको योजना रंगशालाको बार भत्काइएको थियो । जस्ता र तार लगाएको बार भत्काउँदै धुर्मुस सन्तुली फाउन्डेशनका कर्मचारीलाई धम्कि समेत दिएको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका छन् । स्थानीयको अवरोध र धम्कीपछि उनले रंगशालाको काम रोकेको बताए ।

 

रंगशाला निर्माणस्थलमा लगाइएको झण्डै एक किलोमिटर बार कँडेलसहितका केही स्थानीयले भत्काएका थिए । बार भत्काएपछि रुदै धुमुर्सले आफ्ना कर्मचारीमाथी धम्कि दिएको बताएका थिए । कँडेलसहितका स्थानीयले त्यहाँ भएका रुखहरू पनि ढालेका छन् ।

 

रंगशाला निर्माणको पश्चिमतर्फ जमिन सडक निर्माणका लागि फाउण्डेसन छाड्नुपर्ने माग उनीहरुले राखेका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ ।

 

कँडेलसहित १६ पक्राउ
रंगशालको बार भत्काएको आरोप लागेका कँडेललाई प्रहरीले पक्राउ गरेको छ । गएराति कँडेललाई पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । कँडेलसँगै घटनामा संलग्न १६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कँडेलसहित १६ जनालाई सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको तथा धम्क्याएको अभियोगमा मुद्दा चलाउन सकिने एसपी मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...