राजनीति

२६ वर्षपछि रामचन्द्र पौडेल तनँहुबाट पहिलोपटक पराजित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका पौडेल एमालेका किसानकुमार श्रेष्ठ किसानसँग ६४१४ मतान्तरले पराजित भएका हुन् । तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए।