प्रहरीको फरार सूचीमा रहेका चौधरी कैलाली १मा पाँच गुणाले अगाडि



हाम्रो इकोनोमि

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनता पार्टीका उमेदवरा रेशम चौधरीले पाँच गुणाले अग्रता लिएका छन्। प्रहरीको फरार सूचीमा रहेका चौधरीले ११ हजार ८३४ मतका साथ अग्रतालाई यथावत राखेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गरिमा शाहले २ हजार ३३६ ल्याउँदा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेले २ हजार ४४ मत प्राप्त गरेकी छन् ।

भूमीगत शैलीमा लुकेर बस्दै आएका चौधरीले वारेशमार्फत उमेदवारी दर्ता गराएका थिए । स्थानीय प्रशासनले उनीमाथि टीकापुर घटनामा संलग्न भएको दावी गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धि तीन वटा मुद्दा दायर गरेको छ ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र डेढ वर्षिय बालक टेकेन्द्र साउदको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...