संखुवासभामा वाम गठबन्धनको अग्रता



हाम्रो इकोनोमि

जिल्लामा एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपा (एमाले) का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १८ हजार ४९६ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका दीपक खड्काले १७ हजार ५७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रदेश ‘क’ मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले ११ हजार ८१० मत प्राप्त गर्नुभएको छ । काँग्रेसका टंकप्रसाद राईले १० हजार ७२५ मत पाउनुभएको छ ।

यसैगरी, प्रदेश ‘ख’ मा एमालेका तुलसीप्रसाद न्यौपाने आठ हजार ६५२ मतसहित अग्रता लिनुभएको छ भने काँग्रेसका दीपक लिम्बुले आठ हजार ५०९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...