यी हुन् प्रधानमन्त्री देउवा पत्नी आरजुलाई हराउने नारदमुनि राना



हाम्रो इकोनोमि

कैलाली-५ मा नेपाली कांग्रेस उम्मेदवार  प्रधानमन्त्री पत्नी आरजु देउवालाई पराजित गर्ने नारदमुनि राना पहिलो संविधान सभा निर्वाचनमा पनि नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद भएका थिए।

राना २०५४ सालमा एमालेको तर्फबाट तात्कालिक धनगढी नगरपालिकाको उप-मेयरमा पनि निर्वाचित भएका थिए।

धनगढी उप-महानगरपालिका ८ मा २०२९ सालमा जन्मेका रानाले विद्यार्थीकालमा अनेरास्ववियुको राजनिति गरेका थिए।

धनगढीका स्थायी बासिन्दा ४४ वर्षीय रानाले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए)गरेका छन्। प्रधानमन्त्री पत्नी देउवाले आफूलाई स्थानीयको रुपमा देखाउन घर किनेको प्रचार  गरेकी थिइन्। देउवाको घर किन्छु भन्ने प्रतिबद्धताले पनि उनको हारलाई रोक्न सकेन। नजिकबाट चिन्नेहरु रानालाई स्वच्छ छवि भएको नेता भन्छन्।

रानालाई सांसद भएका बखत रातो पासपोर्ट दुरुपयोग गरेको आरोप लागेको थियो। पछि उनले उक्त आरोपमा अख्तियारबाट सफाइ पाएका थिए।

कैलाली ५ लाई कांग्रेसको  बलियो पकड भएको क्षेत्र हो। स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसले मेयर/उपमेयर सहित बहुमत वडामा जितेको थियो।

केन्द्रले शक्तिको आडमा आरजुलाई टिकट दिएको भन्दै स्थानीय नेताहरु रुष्ट थिए। कैलाली ५ बाट दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका पुष्करनाथ ओझाले असहयोग गर्नु र बाम गठबन्धन एक ठाउँ हुनुलाई आरजुको पराजयको कारणका रुपमा लिइएको छ।

कैलाली ५ मा रहेका राना समुदायका मत तान्न आरजुले स्थानीय तहमा माओवादी केन्द्रबाट मेयर उम्मेदवार भएका राम समझ रानालाई कांग्रेसमा प्रवेश गराएकी थिइन्। स्थानीय क्षेत्रमा चर्चित रहेका नारदमुनिको व्यक्तित्वले आरजुले गरेका प्रयासलाई असफल पारिदियो।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...