मुख्य खबर

ओली–नेपालको ग्रीन सिग्नलपछि महेन्द्रमाथि ‘कू’

  कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सोही दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । ३३ सदस्यीय संसदीय दलका बहुमत सदस्यले अविश्वास दर्ता गरेपछि मुख्यमन्त्री शाहीमाथि राजीनामा गर्नुपर्ने नैतिक दबाब खडा भएको छ ।