२० राजनीतिक संगठनले विप्लव समूहसँग मिलेर प्रदर्शन गर्ने



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चासमेतको संलग्नतामा २० राजनीतिक संगठनहरुले सरकारविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् । यही असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकारविरुद्ध ‘सशक्त’ विरोध प्रदर्शन गर्ने निर्णय ती संगठनहरुले गरेका छन् ।

शनिबार बसेको २० राजनीतिक संगठनहरुको कार्यगत एकताको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको निष्कर्ष निकाल्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमसीसी खारेज गर्न, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध हटाउन र कोभिड १९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध गर्न स्वास्थ्य सावधानी अपनाउँदै प्रदर्शन गर्न लागिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले जानकारी दिए ।

२० राजनीतिक संगठनहरुले स्थानीयस्तरमा पनि सरकारविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । स्थानीयस्तरमा अनुकूल समयमा विरोध प्रदर्शन हुने गजुरेलले बताए । ‘केन्द्रमा जुन–जुन संगठनहरुको कार्यगत एकता भएको छ, तिनै संगठनका साथीहरुलाई जुटाएर स्थानीय स्तरमा पनि साथीहरुले अनुकूल समयमा आन्दोलन गर्नु हुन्छ,’ नेता गजुरेलले भने ।

सरकारविरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्चलगायत छन् । राष्ट्रिय जागरण मञ्च विप्लव समूह निकट हो । विप्लव नेतृत्वको नेकपा पहिलेदेखि नै यो मोर्चामा आबद्ध थियो । तर सरकारले नेकपालाई प्रतिबन्ध लगाएकाले विप्लव समूहको राष्ट्रिय जागरण मञ्चलाई कार्यगत एकतामा समेटिएको एक नेताले जानकारी दिए ।

यसैगरी जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) पनि कार्यगत एकतामा छन् । नेकपा (माओवादी) लाई पनि समाबेस गरिएपछि कार्यगत एकतामा रहेका संगठनहरुको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...