कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा



हाम्रो इकोनोमि

 

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । आफ्नै पार्टीका १८ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि शाहीको पद धरापमा परेको हो ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ जना सांसदमध्ये  १८ जनाले  अविश्वासको प्रस्ताव बुझाएका हुन् । तत्कालीन माओवादी पक्षका शाही विरुद्ध तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका छन्।

हस्ताक्षर गर्नेमा पूर्व माओवादी पक्षका ५ जना सांसद रहेका छन् भने १३ जना पूर्व एमाले पक्षका रहेका छन्। अब संसदीय दलमा बाँकी रहेकामध्ये पूर्व एमालेका ५ जना र पूर्व माओवादीका १० जना छन्।  पूर्व एमालेमध्येका एक जना सांसद राजबहादुर शाही भने प्रदेश सभामुख हुन्।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाह,धर्मराज रेग्मी लगायत रहेका छन् । मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सुरूदेखि नै खटपट भइरहेको थियो। कर्णाली प्रदेशमा सत्ता पक्षकै सांसदहरु मुख्यमन्त्री  शाहीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...