मुख्य खबर

किस्तीमा राखेर शेरबहादुरजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : ओली

    प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन् । पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा ओलीले देउवा पाँच पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै छैटौंपटक पनि मौका जुर्नेवाला रहेको बताए ।