युवा संघमा थेबे र पुरीको प्यानल- नामसहित



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । मतदानको समय बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ । तर, उम्मेदवारको प्रारम्भिक सूची ढिला आएको र दाबीविरोध बाँकी रहेकाले मतदानको समय धकेलिने निर्वाचन समितिले जनाएको छ ।अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले प्यानलसहित उम्मेदवारी दिएका छन् । पार्टी नेतृत्वले क्षितिज थेवेलाई अघि सारेको थियो । तर, पुरी ब्याक नसरेपछि चुनावबाट नेतृत्व चयन हुने भएको हो ।

नेताहरूले फकाउने, गलाउने, धम्क्याउने सबैखाल उपाय अपनाए पनि दाबेदारहरू टसमस नभएपछि सर्वसम्मत प्रयास विफल भयो । एमालेका जनसंगठनमध्ये पहिलोपटक युवासंघमा निर्वाचन भएको हो ।

कसको प्यानलमा को ?

निवर्तमान अध्यक्ष थेबेको पक्षबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । गुरुङ अध्यक्षका दाबेदार थिए । त्यस्तै थेवेको प्यानलबाट महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी परेको छ । क्षितिजको प्यानलबाट खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, आयोग अध्यक्षहरूमा लेखा आयोगमा किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा तय भएका छन् ।

पुरीको टीमबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमको उम्मेदवारी परेको छ भने महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार छन् । त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् ।

पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...