युवा संघमा चुनाव हुने, अध्यक्षमा थेबे र पुरीको प्रतिस्पर्धा



 

 

नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ । निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ । संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने संघका एक नेताले जानकारी दिए ।

अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं (नेपालगञ्ज) महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षका दाबी गरिरहेका छन् । थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत लगायतले समर्थन जनाएका छन् ।

पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ । युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले अझै पनि सहमतिका लागि प्रयास भइरहेको जानकारी दिए । सहमति हुन नसके निर्वाचन आयोगले निर्वाचनमार्फत नेतृत्वको टुंगो लगाउने तयारी गरेको उनले बताए ।  हामीले सकेसम्म निर्वाचन गर्न नपरोस् सर्वसहमति होस् भनेर प्रयास गरिरहेका छौं, उनले भने सहमति भएन भने निर्वाचनको प्रक्रिया अघि बढ्छ । अहिले प्रतिनिधिका विषयमा छलफल भइरहेको र छलफल सकिएपछि उम्मेदवारी दर्ताका प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिए ।

युवा संघमा केन्द्रीय आयोगहरूको प्रतिनिधि विवाद छ । केही सदस्यहरूले शपथ नखाएकाले उनीहरूलाई प्रतिनिधित्व गराउने नि नगराउने भनेर छलफल भइरहेको छ । युवा संघमा निर्वाचन, अनुशासन, लेखा र युवा विज्ञ परिषद् गरी चारवटा आयोग छन् । पोखरामा जारी युवा संघको दसौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सक्ने कार्यतालिका छ । युवा संघको महाधिवेसनमा सहभागी हुन सबै पालिका, जिल्ला, प्रदेश गरी १ हजार ८३६ जना प्रतिनिधी पोखरामा छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो