नातिसहित पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा



 

 

 

पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय गणतन्त्रवादीहरुलाई झस्का पस्ने खालका एकपछि अर्को गतिविधिहरु गरिरहेका छन् । हिजो उनी नाति हृदयन्द्र शाहलाई समेत लिएर आफ्नो पुरानो आवास नारायणहिटी दरवार प्रवेश गरे, जसलाई विभिन्न ढंगले ब्याख्या गर्न थालिएको छ । राजतन्त्र अन्त्य भएपछि नारायणहिटी छोडेका पूर्वराजा त्यहाँ बेलाबखत गइरहन्छन्, जुन नौलो घटना होइन । उनकी माता रत्नराज्य लक्ष्मी शाह नारायणहिटीभित्रै बस्दै आएकी छन् । उमेरले वयोवृद्ध –९६ वर्षिया आमालाई भेट्न पूर्वराजा समय मिलाएर नारायणहिटी जाने गरेका छन् । तर, हिजोको भ्रमण भने अलिकति पृथक र विशेष खालको थियो ।

हिजो पूर्वराजाले परिवारका सदस्यहरुलाई समेत गएका थिए । यसअघि यसरी दलबलसहित गएको नदेखिएको राजावादीहरु बताउँछन् । पूर्वराजा ज्ञानेन्द्रकी पत्नी कोमल, छोरी प्रेरणा र नाति हृदयन्द्र भ्रमण दलमा थिए । पारस र हिमानी भने थिएनन् । दुई नातिनीहरु पनि देशबाहिर भएकाले छुटे । राजपरिवार नारायणहिटी प्रवेश गर्दाखेरीको माहोलले राजतन्त्रकालीन ‘सवारी’ को झल्को आएको थियो । नेपाल ऋषी जगमान गुरुङको नेतृत्वमा पूर्वराजाको स्वागत गरियो । यो भ्रमणको दुईवटा उद्देश्य बताइएको छ । पहिलो पूर्वमुमाबडामहारानी रत्नसित भेटघाट र अर्को पूजाआजा । नारायणहिटी राजदरवार परिसरमा रहेको चतुव्र्यूहधाम नारायण मन्दिरमा पूजाआजा गरियो । पूजाआजामा पूर्वनवयुवराज हृदयन्द्र पनि सक्रिय सहभागी भएका थिए । जसंस्था निकट एक स्रोतले यो भ्रमण पूर्वनवयुवराजकै इच्छा अनुसार तय गरिएको दाबी गरेको छ ।

१५ जेठबाट सुरु हुने आन्दोलनको छेकोमा पूर्वराजा आफैं नारायणहिट दरबार पुगेका हुन् । यो रणनीतिक हो वा संयोग मात्रै भन्ने चाहीँ स्पष्ट छैन । यसअघि डा. जगमान गुरुङले नै शनिबार नारायणहिटी जाने भनेर सार्वजकिरुपमा बताएका थिए । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यो भ्रमण पूर्वराजाबाटै तय भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

रातदिन नभनी नि:स्वार्थ रुपमा जनताको काम गर्दै आएको छु : केशव महर्जन, अध्यक्ष, वडा नम्बर एक, भरतपुर

    चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव मर्हजनसँग हाम्रो