प्रचण्ड र माधव नेपाल कम्युनिष्ट नै होइनन् : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ईर्ष्या भाव मात्र भएको बताउनुभएको छ । त्यही ईर्ष्याको कारण नेकपा फुटाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने काम प्रचण्डले गर्नुभएको ओलीले बताउनुभयो । ‘उनीहरू कम्युनिष्ट थिएन्, त्यसैले उनीहरूले कम्युनिष्ट पार्टीको एकता सहन सकेनन्’, नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो ।

प्रचण्ड र माधव नेपालले कम्युनिष्ट पार्टी फुटाएर देश र जनता माथि ठुलो अपराध गरेका उहाँले बताउनुभयो । दुईतिहाइको नजिक पुगेको कम्युनिष्ट पार्टीलाई उनीहरूले फुटाएर देश र जनताको सपना चकनाचुर पारेका ओलीले स्पष्ट पार्नुभयो ।भूकम्पले चौतर्फी ध्वस्त पारेको देशलाई उठाउने काम नेकपा एमालेले गरेको उहाँले बताउनुभयो । देशमा चौतर्फी विकासको काम आफ्नो नेतृत्वमा अघि बढेको बेला त्यसलाई सहन नसकेर कम्युनिष्ट पार्टी फुटाउने र कम्युनिष्ट पार्टीको सरकार ढाल्ने काम भएको उहाँले स्मरण गराउनुभयो । ती सबै कामलाई अस्तव्यस्त बनाउने काम उनीहरूबाट भएको ओलीले बताउनुभयो ।

आफूलाई वामपन्थी भन्नेहरू कम्युनिष्टको सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री खाइदिनु पर्‍यो भनेर निवेदन बोकेर हिँडेका उहाँले बताउनुभयो । कांग्रेसले हामी प्रजातान्त्रिक पार्टी चुनावमा जान तयार छौँ भनेर विज्ञप्ति निकालेको अवस्थामा समेत तपाई प्रधानमन्त्री बनिदिनु पर्‍यो भनेर बिन्ती पत्र चढाएपछि देउवा प्रधानमन्त्री बन्नुभएको ओलीले स्मरण गराउनुभयो । ‘अहिले पनि वामपन्थी भन्नेहरूले अरू कसैको विरोध गर्दैनन्, एमालेको विरोध गर्छन्, अहिले पनि हाम्रा केही साथीहरू वामपन्थी एकता गर्नुपर्छ भन्दै छन्, मलाई अचम्म लाग्छ’, उहाँले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...