समाचार

दुर्गा प्रसाईंको रिट फिर्ताका लागि सर्वोच्चमा निवेदन

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका छन् । प्रसाईंलाई प्रशासनले घर बाहिर निस्कन दिएसँगै उनले रिट निवेदन फिर्ताका लागि निवेदन दिएका हुन् ।