कोशीमा चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै सरकार विस्तार हुने बताएका छन् । सरकार विस्तार निरन्तर प्रक्रिया भएको भन्दै जति बेला पनि सरकार विस्तार हुने बताए पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नियुक्त भएका मन्त्रीहरूले पनि चाँडै जिम्मेवारी पाउने बताए । ‘हामी सरकार विस्तार र जिम्मेवारी दिने विषयमा छलफलमै छौँ’, उनले भने, ‘हामी चाँडै सरकार विस्तारमा लाग्ने छौ । उनले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले मन्त्रालयको सङ्ख्या घटाएको विषयमा भने केही पनि प्रतिक्रिया दिएनन् । उनले भने, ‘मन्त्रालयको सङ्ख्या बढाउने विषयमा भने हामीले केही पनि सोचेका छैनौं । उनले मन्त्रालयको सङ्ख्या बढ्ने/नबढ्ने विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । हिक्मत कार्की नेतृत्वको सरकारले कोशी प्रदेशमा रहेका १३ वटा मन्त्रालयको सङ्ख्या घटाएर ९ बनाएको छ । कोशी प्रदेशमा अहिले कांग्रेससहित माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट मुख्यमन्त्रीसहित २ र माओवादी र एकीकृत समाजवादीबाट एक-एक जना मन्त्री छन् ।

तिहार-छठपछाडि मन्त्रिपरिषद् विस्तार हुने र जिम्मेवारी पनि बाँडफाँट हुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले आन्तरिक विवादका कारण मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्री हुन चाहनेको संख्या धेरै हुँदा उनलाई मन्त्री परिषद् विस्तारमा सकस हुँदै आएको छ । केन्द्रीय सत्ता गठबन्धनमा रहेका शीर्ष नेताहरूले माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि काङ्ग्रेसबाट विद्रोह गरेर कार्की एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए । शीर्ष नेताहरूको दबाबका कारण कोशी प्रदेशको मन्त्रिपरिषदमा माओवादी र समाजवादीबाट समेत मन्त्री नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको छ । उनले एमालेलाई पनि सरकारमा ल्याउने कसरत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...