सरकार नपुगेका ठाउँमा हामी खटिएका छौँ : एमाले स्वयंसेवक



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले तयार गरेको युवा स्वयंसेवक दस्ता अहिले जाजरकोट र रुकुममा खटिएको छ । विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले विगत पाँच दिन देखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ । यी बस्तीमा अहिले सम्म सरकार पुगेको छैन । हामी पुग्दा पीडितहरूले केही राहत महसुस गरेका छन्’, स्वयंसेवक दस्ताका प्रमुख पौडेलले भने ‘यो विषम परिस्थितिमा हामीले एमाले जनताको सुख दुखको साथी हो भन्ने देखाएका छौँ । अहिले जाजरकोट र रुकुममा एमालेका ११०० स्वयंसेवक दस्ता खटिएका छन् । यो दस्ताले अहिले सम्म सयौँ घरको भग्नावशेष व्यवस्थापन गरेको र दर्जनौँ घर पुर्न निर्माण गरेर जनता हस्तान्तरण गरिसकेको छ ।

घर भत्किएर छोरा गुमाएका राम बहादुर ओलीले केही दिनमै आफ्नो लागि स्वयं सेवक दस्ताले राम्रो घर बनाइदिएपछि खुसी भएका थिए । उनले भने, ‘सरकारले केही गरेन तपाइहरूले घर बनाइदिनु भयो धन्यवाद छ हजुरहरूलाई । अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ । केही दिनदेखि भइरहेको पुर्न निर्माणले जनताको भावनामा एमाले प्रतिको विश्वास अझै बढेको जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ कल्पथमा श्रमदान गरिरहेको राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमका अध्यक्ष अरुण कँवरले बताए । अध्यक्ष कँवर नेतृत्वको टीममा प्रदेश महिला विभाग प्रमुख श्रेया राज्य लक्ष्मी सिह,कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापा,प्रदेश सदस्य बिराज धमला लगायत २३ जना छन् । उनीहरु अहिले सरकारले समेत गर्न नसकेको र नगरेको पुर्न निर्माण आफूहरूले गर्न पाएकोमा उत्साहित भएको बताउँछन् ।

‘यहाँ धेरै जनधनको क्षति भएको छ’, अध्यक्ष कुवरले भने, ‘कोही नहुनेहरूको लागि हामी छौँ भन्ने सन्देश दिने गरि हामीले काम गरिरहेका छौँ । अहिले सम्म सरकार पुगेको छैन तर, हामी लागिरहेका छौँ । सानी भेरी गाउँपालिकामा खटिएका अनेरास्ववियु केन्द्रीय सदस्य किशोर शाह र सुदूरपश्चिम अध्यक्ष मनोज राई पनि अहिले आफूहरूले जनतालाई मलहम लगाउने काम गरिरहेको बताउँछन् । घरहरू भत्किएका छन् मान्छेहरू त्रसित छन् सरकार पुगेको छैन’, शाहले भने, ‘सरकार भन्दा पहिले हामीले पुनर्निर्माण गरिरहेका छौँ जनता पनि अहिले हामीसँगै लागेर ढलेको घर उठाउन लागिरहनु भएको छ ।’

     

  

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...