दुर्गा प्रसाईंको आन्दोलन चार दिनमै शिथिल



हाम्रो इकोनोमि

 

 

गणतन्त्र उट्याउने दाबी गर्दै दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ आन्दोलन शिथिल भएको छ । सुरुको दिन जम्मा भएको भिड चौथो दिनसम्म आइपुग्दा निकै पातलिएको छ र आन्दोलनकारी तितरबितर भएका छन् । मंसिर ७ मा बल्खुमा ठूला दलहरूलाई नै चुनौती दिनेगरी उनले आन्दोलनको सुरुआत गरेका थिए । तीनकुनेमा एमालेनिकट युवा संघको जनप्रदर्शनलाई समेत ओझेलमा पार्ने गरी प्रसाईंले आफ्नो शक्ति प्रदर्शन गरे । उनले अब दिनहुँ काठमाडौंमा जनप्रदर्शन हुने घोषणा गरेका थिए । तर, प्रदर्शनमा उल्लेख्य मानिसहरु उपस्थित नभएपछि प्रसाईं रणनीति बदल्न बाध्य भएका छन् । पहिलो दिन प्रसाईंको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेपनि दोस्रो दिन तीनकुने गर्ने भनिएको जनप्रदर्शन सफल भएन । प्रसाईंलाई घरमै नजरबन्द गरेर राखेपछि प्रहरीले तीनकुने आउने उनका समर्थकलाई समात्न थालेपछि कार्यक्रम बिथोलियो । त्यहाँ एकैपटक ठूलो भिड जुटाउन नसक्दा प्रहरीलाई नियन्त्रण गर्न सहज भएको थियो । प्रसाईंको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्य आफूहरूको आन्दोलन नसेलाएको दाबी गर्छन् ।

उनले भने, ‘भ्यालीबाहिरबाट आएका मान्छेहरु अब विस्तारै फर्किन्छन् । तीन दिन लगातार कार्यक्रमम गरेका हौं । बाहिरका मान्छेलाई सधैं यहाँ गाह्रो हुन्छ । आजसम्म कार्यक्रम स्थगित गरेका छैनौं । निरन्तर चल्छ ।’ उनले आन्दोलन प्रभावकारी नहुनुमा पूर्वराजा ज्ञानेन्द्रको मौनताप्रति ईंगित गरे । आन्दोलनमा आएकाहरू मात्रै नभएर नेपाली जनतामा पनि व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने भावना बलियो भए पनि पूर्वराजा आफैं नखुलेकोमा उनको असन्तुष्टि थियो ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...