दुर्गा प्रसाईंको आन्दोलन चार दिनमै शिथिल



 

 

गणतन्त्र उट्याउने दाबी गर्दै दुर्गा प्रसाईंले थालेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ आन्दोलन शिथिल भएको छ । सुरुको दिन जम्मा भएको भिड चौथो दिनसम्म आइपुग्दा निकै पातलिएको छ र आन्दोलनकारी तितरबितर भएका छन् । मंसिर ७ मा बल्खुमा ठूला दलहरूलाई नै चुनौती दिनेगरी उनले आन्दोलनको सुरुआत गरेका थिए । तीनकुनेमा एमालेनिकट युवा संघको जनप्रदर्शनलाई समेत ओझेलमा पार्ने गरी प्रसाईंले आफ्नो शक्ति प्रदर्शन गरे । उनले अब दिनहुँ काठमाडौंमा जनप्रदर्शन हुने घोषणा गरेका थिए । तर, प्रदर्शनमा उल्लेख्य मानिसहरु उपस्थित नभएपछि प्रसाईं रणनीति बदल्न बाध्य भएका छन् । पहिलो दिन प्रसाईंको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेपनि दोस्रो दिन तीनकुने गर्ने भनिएको जनप्रदर्शन सफल भएन । प्रसाईंलाई घरमै नजरबन्द गरेर राखेपछि प्रहरीले तीनकुने आउने उनका समर्थकलाई समात्न थालेपछि कार्यक्रम बिथोलियो । त्यहाँ एकैपटक ठूलो भिड जुटाउन नसक्दा प्रहरीलाई नियन्त्रण गर्न सहज भएको थियो । प्रसाईंको अभियानका सहप्रवक्ता राजानन्द माण्डव्य आफूहरूको आन्दोलन नसेलाएको दाबी गर्छन् ।

उनले भने, ‘भ्यालीबाहिरबाट आएका मान्छेहरु अब विस्तारै फर्किन्छन् । तीन दिन लगातार कार्यक्रमम गरेका हौं । बाहिरका मान्छेलाई सधैं यहाँ गाह्रो हुन्छ । आजसम्म कार्यक्रम स्थगित गरेका छैनौं । निरन्तर चल्छ ।’ उनले आन्दोलन प्रभावकारी नहुनुमा पूर्वराजा ज्ञानेन्द्रको मौनताप्रति ईंगित गरे । आन्दोलनमा आएकाहरू मात्रै नभएर नेपाली जनतामा पनि व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने भावना बलियो भए पनि पूर्वराजा आफैं नखुलेकोमा उनको असन्तुष्टि थियो ।

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही