सरकारले अधिनायकवादी चरित्र देखायो : राप्रपा



हाम्रो इकोनोमि

 

 

गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ । आफूलाई लोकतान्त्रिक दाबी गर्ने सरकारले अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको राप्रपाको आरोप छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दुर्गा प्रसाईं नेतृत्वको महाअभियानमाथि प्रहरीले अनावश्यक दमन र धरपकड गरेको बताए । कुनै पनि विचार लिएर शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्ने अधिकारी संविधानले सुनिश्चित गरेको भन्दै उनले सरकारको कार्यशैलीको निन्दा गरेका छन् । अभियानको मुख्य नेतृत्वलाई घरमा नजरबन्द गर्ने तथा प्रदर्शनकारी पुग्नुअगावै कार्यक्रमस्थलमा सुरक्षाकर्मीले कब्जा गर्ने कार्यहरु आपत्तिजनक छन्, हामी यसको निन्दा र भर्त्सना गर्छौं,’ उनले भने, ‘गणतन्त्रले दिएको अधिकार सबै जनाले बराबरी उपभोग गर्न पाउँछन् । श्रेष्ठले पक्राउ परेकाहरुलाई तुरुन्तै रिहा गर्न र पुर्वनिधारित कार्यक्रमहरु निर्वाध सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरे । ‘हिजो त्यही ठाउँमा एउटा पार्टीको जनसंगठनले प्रदर्शन गर्दा त्यो स्वीकार्य हुने, अर्कोले गर्दा स्वीकार्य नहुने व्यवहार कहाँसम्म जायज हो, उनले प्रश्न गरेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको विरोध गरेका छन् । धरपकड र दमनले समस्याको समाधान नगर्ने भन्दै उनले सरकारले आफूलाई तत्काल सच्याउन माग गरेका छन् । शान्तिपूर्ण ढङ्गले हिंड्डुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हकविपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम हुन्’, उनले लेखेका छन् । राप्रपाले औपचारिक विज्ञप्ति जारी गरेर नै सरकारको कार्यशैलीप्रति विरोध जनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...