ताप्लेजुङमा एमालेको चियापानमा पहिचानवादीको अवरोध प्रयास



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् । एमाले योगेश भट्टराईले गृहजिल्ला ताप्लेजुङ आएको अवसरमा एमालले चियापान कार्यक्रम आयोजना गरेको थियो । सचिव भट्टराई उपस्थित भएको भन्दै पहिचानवादीहरूले कार्यक्रम अवरोध गर्न पुगेका थिए । कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच ताप्लेजुङमा झडपसमेत भएको छ । झडपका क्रममा ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पहिचानवादीहरूले घर अगाडि प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच झडप भएपछि प्रहरीले छुट्याएको छ ।

अहिले अवस्था सामान्य भएको र चियापान कार्यक्रम सुचारु भएको एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तीलकुमार मेन्याङ्वोले बताए । उनले सामान्यरूपमा नाराजुलुस भएको र अहिले अवस्था सामान्य भएको बताए । सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेवे र प्रदेश सांसद तीलकुमार मेन्याङवोले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका थिए । पहिचानवादीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्नेलगायतका माग गर्दै आएका छन् । उनीहरूले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...