भारतले नेपाललाई बुझायो रक्सौल-काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट
भारतले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राका अनुसार बिहीबार हैदरावाद हाउसमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधि मण्डलस्तरीय वार्तापछि रिपोर्ट नेपाललाई बुझाइएको हो ।