इरानी राष्ट्रपति इब्राहिमको हेलिकप्टर दुर्घटनामा मृत्यु



 

 

हिजो इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपति इब्राहिम रायसीको निधन भएको प्रमाणित भएको छ । अलजजिराका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि निधन भएको हो । अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ । उनी अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइनको पनि निधन भएको छ । हिजोको हेलिकप्टर दुर्घटना पछि घण्टौं खोजी कार्य भएको थियो । इरानी कानूनअनुसार अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुनेछन् । कतारी विश्व च्यानलका अलजजिराका अनुसार मोख्बरले ५० दिनमा चुनाव गराउनुपर्नेछ । इरानी कानुनले राष्ट्रपतिको मृत्यु भएका उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति भएर सरकार चलाउने प्रावधान राखेको छ । सोही सरकारले ५० दिनमा चुनाव गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ