गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए : कांग्रेस



 

 

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिँजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै लेखेकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेको छ । आज बिहान कांग्रेस संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले हिजोको संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको बताए । त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।सहकारीको रकम अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय पनि गरेको प्रमुख सचेतक लेखकले बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा लेखकले सहज ढंगले विश्वासको मत लिने भए संसदीय छानबिन समिति बनाएर आउन अनुरोध गरे ।  प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा