टेक्सास टपर्स टक कार्यक्रमको आयोजना हुने



हाम्रो इकोनोमि

 

 

बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत उत्कृस्ट विद्यार्थी मार्फत विद्यालय चिनाउनका लागि टेक्सास टपर्स टक कार्यक्रम आयोजना गरीने भएको छ । जेष्ठ १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने कार्यक्रममा  विद्यार्थीहरुले आफ्नो विद्यालयको इतिहास,पृष्ठभूमि, विशेषता आदिका वारेमा प्रस्तुतीकरण दिनेछन । विद्यालयका कक्षा ८ ,९ र १० मा अध्यनरत विद्यार्थी मध्ये विद्यालयले छनौट गरेका उत्कृस्ट विद्यार्थीहरुकाका लागी जेष्ठ १३ गते टेक्सास इन्टरनेसनल कलेज, चावहिल मित्रपार्कमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कपन अनलाइनको आयोजना,टेक्सास इन्टरनेसनल कलेजको प्रायोजन र भी एस कलेज ,चावहिलको प्रवर्धनमा हुने सो कार्यक्रममा सहभागिताकाका लागि जेष्ठ १० गते भित्र  विद्यार्थीले नाम दर्ता गर्न सकिनेछ । TOPPERS TALK  कार्यक्रम अवधारणा यो कार्यक्रम विभिन्न विद्यालयहरुमा अध्ययनरत उत्कृस्ट विद्यार्थीले आफ्नो शिक्षालय चिनाउने अभियानका रुपमा रहेको छ । यस कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्नो विद्यालयका वारेमा तयार पारेको सामाग्री मन्तव्य मार्फत प्रस्तुत गर्नेछन भने उनीहरुको प्रस्तुति र शैलीलाई संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ । 

कस्तो हुनेछ कार्यक्रम ? 

१. विद्यार्थीहरुले विद्यालयको इतिहास, सबल पक्ष र विशेषताहरुका बारेमा ४ मिनेटको सामाग्री तयार पार्नुपर्नेछ ।

२. कार्यक्रम आयोजना गरिएको दिन विद्यार्थीहरुले आफुले तयार पारेको सामाग्री प्रस्तुत गर्नेछन ।

३. विद्यार्थीहरुको प्रस्तुतिलाई विभिन्न संचार माध्यमले प्रत्यक्ष प्रसारण समेत गर्नेछन ।

४. विद्यार्थीहरुको प्रस्तुतिलाई आयोजक कपन अनलाइनले सम्पादन गरेर हरेक विद्यालयको छुट्टा छुट्टै भिडियो तयार गरी प्रसारण गर्नुका साथै भिडियो विद्यालयलाई उपलव्ध गराउने छ ।

५.कार्यक्रमको प्रचारमा टाइटल स्पोन्सर, इभेन्ट स्पोन्सर र सहभागी विद्यालयलाई प्राथमिकताका साथ स्थान प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...