सरकारको गतिविधि संसदीय इतिहासमै अनौठो : कांग्रेस



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरेको छ । प्रतिनिधिसभाको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणमा भएका दलहरूले संविधानलाई कमजोर पार्ने क्रियाकलाप गरिरहेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन । आजै उहाँले लिने निर्णय गर्नुभयो । विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म विश्वासको मत लिएको अवस्था छैन । यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ । हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन् । उनले प्रधानमन्त्रीले संसदमा आपत्तिजनक भाषाको प्रयोग गरेको बताए । उनले सत्ता समीकरणले लोकतन्त्र र संविधानलाई खतरामा पार्ने काम भइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...